नेकपाको झगडामा म फस्न चाहान्नः सभापति देउवा

फाल्गुण २२,२०७७

-

फागुन २२, २०७७ काडमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
 
देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।
 
सभापति देउवाले आफूलाई पदको लोभ तथा लालच नभएको भन्दै प्रधानमन्त्री हुने चाहना पनि नभएको बताए ।
 
नेकपाको आफ्नै झगडा चलिरहेको भन्दै देउवाले आफू प्रधामन्त्रीको दौडमा लागेर नफस्ने बताएका हुन् ।
 
पुस्तक विमोचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, ‘म प्रधानमन्त्रीको रेसमा छैन । विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेटिङमा भनेको छ । तर मलाई प्रधानमन्त्री हुने चाहाना पनि छैन । सबै कुरामा नलाग्नु होला । उनीहरुको झगडामा म फस्न चाहान्न ।’
 
उनले कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वास प्रस्तावको पक्षमा उभिने-नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने बताए।
 
उनले भने, ‘नेकपामा ओली र प्रचण्ड-नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यहीअनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो।’
 
नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।