पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य प्रतिलिटर ११८ पुग्यो

चैत्र ०३,२०७७

-आस्था न्यूज

चैत ३, २०७७ काठमाडौं ।
 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल तथा डिजेलरमट्टतिेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।
 
हवाई ईन्धन ९आन्तरिक उडानतर्फ०को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ ।
 
एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै कायम राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
 
यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू.९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ३९२.८२ घाटा कायम रहने उनले बताए । अर्धमासिक रूपमा  निगमलाई करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने उपाध्यायले जानकारी दिए ।
 
सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिने गरिने उनले बताए । पछिल्ला महिनामा सरकारले पटक(पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आएको छ ।