आपूर्ति रोकिदा दोस्रो चरणको कोरोना खोप कार्यक्रम स्थगित

चैत्र ०४,२०७७

-

चैत ४,२०७७ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म कोरोना विरुद्धको खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप सुनिश्चित गर्नका लागि केही समय दोस्रो चरणको खोप कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ ।
 
मन्त्रालयले फागुन २३ देखि चैत ३ गतेसम्म ६५ वर्षमाथिका व्यक्तिलाई दोस्रो चरणको खोप कार्यक्रम अन्तरगत कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरेको थियो ।
 
मन्त्रालयले दोस्रो चरण अन्तर्गत ५५ वर्ष ६४ सम्मका व्यक्तिलाई दोस्रो चरणमा खोप दिने कार्यक्रम तय गरे पनि खोप आपूर्ति गर्न केही समय लाग्ने देखिएपछि सो कार्यक्रमलाई स्थगित गर्नु परेको हो ।
 
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले नेपाललाई थप खोप उपलब्ध गराउने बारे औपचारिक धारणा सार्वजनिक नगरेका कारण केही समयलाई खोप कार्यक्रम स्थगित गर्नु परेको छ ।
 
‘हालसम्म करिब १६ लाख ५४ हजार ३ सय ५६ बढीले खोप लगाएका छन् ।