राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ काठमाडौंको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

चैत्र ०८,२०७७

-आस्था न्यूज

चैत ८,२०७७ काठमाडौं ।
“लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतीका संरुक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मुल नारा सहित चैत्र शनिबार राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ, काठमाडौं, नेपालको “तेस्रो बार्षिक साधारण सभा-२०७७” सम्पन्न भएको छ ।
 
संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्व तथा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा दिप सागर थापाले स्वागत मन्तब्य राखेका थिए ।
 
तेस्रो बार्षिक साधारण सभालाई प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । दोहोरी साँझलाई फोहोरी साँझ नबनाउन आग्रह गर्दै रात्रीकालीन् ब्यवसायलाई सुरक्षा निती बनाएर अझै कसरी प्रभाबकारी बनाउन सकिन्छ भनेर सुरक्षाकर्मीहरुलाई निर्देशन पनि दिएको र कसैलाई सुरक्षाकर्मीले दुरब्यबहार गर्छ भने तुरुन्त निबेदन दिनुहोस् हामी कारबाही गर्छौ भन्दै प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले प्रतिबद्धता जनाए । साथै अब काठमाडौंमा राती कती बजे सम्म दोहोरी साँझ लगायत अन्य रात्रीकालिन् ब्यवसायहरु सञ्चालन गर्न पाउने भन्ने नयाँ निती ल्याउन तयारी भईरहेको कुरा पनि प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।
 
कार्यक्रमको सञ्चालन सोही संस्थाका सचिव भिम श्रेष्ठले गरेका थिए । बन्द शत्रको कार्यक्रम सञ्चालन महासचिव गुणराज खनालले गरेका थिए । 
 
कार्यक्रममा बिशेष अतिथीको रुपमा प्रहरी नायब उपरिक्षक रोशन खड्का, चर्चित गायक बिमलराज क्षत्री, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उप महासचिव शिब हमाल, रेडियो नेपालका सञ्चारकर्मी तथा बरिष्ठ गीतकार भरत बमजम, अतिथीहरुमा काठमाडौं महानगरपालिका वडा नं. २६ वडा अध्यक्ष ख्याम राज तिवारी, टोखा न.पा. वडा नं. ९ का जिपी नेपाल, संरक्षक हिक्मत शेरचन लगायत अन्य चर्चित कलाकारहरु, समाजसेबी ब्यक्तित्व र पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।
 
कार्यक्रममा समाजसेवी, कलाकार र पत्रकारहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । उक्त कार्यक्रमको मिडिया संयोजक भुमिका पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” ले गरेका थिए । 
 
कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुती संगै नृत्य पनि प्रस्तुत गरिएको थियो । बन्द शत्र कार्यक्रममा अध्यक्ष रिम बहादुर खत्रीले बार्षिक प्रतिबेदन, महासचिव गुणराज खनालले सांगठनिक प्रतिबेदन र कोषाध्यक्ष नवराज पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अध्यक्ष, महासचिव र कोषाध्यक्षद्धारा प्रस्तुत गरिएको प्रतिबेदन आयोजक र उपस्थित महानुभावहरुले सर्वसम्मतका साथ पारित गरेका थिए ।