राज सागरको विभेद विरुद्धको गित ‘ए मान्छे...’ (भिडियोसहित)

चैत्र ०९,२०७७

-आस्था न्यूज

चैत ९,२०७७ काठमाडौं ।
गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली ‘ए मान्छे...’ मान्छेु सार्वजनिक गरेका छन् । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन् ।
 
चर्चित लेखक आहूतिको शब्द रहेको ‘ए मान्छे...’मान्छेु २१ ओँ शताब्दीमा मान्छेले ब्यहोर्नुृ परिरहेको विभेद विरुद्धको रचनात्मक आवाज रहेको गायक राज सागरको ठम्याई छ । 
 
मर्यादा मिडियाको प्रस्तुती रहेको सांगीतिक भिडियो  राजसागरकै संगीतमा तयार गरिएको हो । अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीत ल्याएको गायक राज सागर बताउँछन् ।
 
संजीब बराईलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपालमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् ।
 
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला-