मोडल हन्ट नेपालको विजेता प्रविण र अनिशा बने

चैत्र १६,२०७७

-आस्था न्यूज

चैत १६, २०७७ काठमाडौं ।
मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । 
 
प्रतियोगितामा प्रविण चापागाई र अनिशा शाक्यले विजेताको ट्रफी उचाल्न सफल भए । 
 
३४ जना युवा एवं ३२ जना युवतीवीचको उक्त प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ औ ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर अन्तर्राष्ट्रिय स्तरको ¥याम्प सेटअपमा आ आफ्नो मोडलिङ सीप र कलालाई प्रस्तुत गरेका थिए । 
 
प्रतियोगिताको फस्ट रनर अपतर्फ मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ तथा सेकेन्ड रनर अपतर्फ अनुप कार्की र परितोषिका पन्त विजेताका रुपमा छनौट भए ।
 
ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्ट वाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि. एण्ड मिस मल्टिी मिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बने ।
 
यसैगरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेष्ट फिजिक र अदिति मानन्धर बेष्ट फिगर, गणेश राज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्राण्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनौट भए ।
प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्डस्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक, लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्नेछन् ।