विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्स बिजयी

चैत्र १८,२०७७

-

चैत १८,२०७७ काठमाडौं ।
विश्वकप फुटबलको छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सानदार जित दर्ता गरेका छन् ।
 
गए राति भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोलले पराजित गरेको हो । यस्तै नेदरल्याण्ड्सले जिब्राल्टारलाई ७-० गोलले पराजित गरेको छ । यस्तै गएराति भएकै अर्को खेलमा वेल्सले सिज रिपब्लिकलाई १-० गोलले पराजित गरेको छ । 
 
यस्तै सर्वियाले अजरबैजानलाई २-१ गोलले पराजित गरेको छ । साईप्रसले स्लोभिनियालाई १-० गोलले पराजित गरेको छ । यस्तै पोर्चुगलले लक्जम्बर्गलाई ३-१ गोलले पराजित गरेको छ । टर्की र लाटभियाबीचको खेल ३-३ गोलको बराबरीमा सकिएको छ । स्लोभाकियाले रसियालाई २-१ गोलले पराजित गरेको छ ।