फास्ट ट्र्याकको सुरुङ र पुलको दोस्रो प्याकेज ठेक्का रद्द गर्न निर्देशन

चैत्र १९,२०७७

-आस्था न्यूज

चैत १९,२०७७ काठमाडौं ।
संसदको सार्वजनिक लेखा समितिले काठमाडौं तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।
 
रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष निकालेको छ । 
 
उसले अहिलेको खरिद प्रक्रिया रद्द गर्न र सार्वजनिक खरिद नियमावलीअनुसार पुनः प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।