गण्डकीमा एमालेको खनाल-नेपाल समूहको समानान्तर कमिटी गठन

चैत्र १९,२०७७

-आस्था न्यूज

चैत १९,२०७७ काठमाडौ ।
एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । 
 
बिहीबार पोखराको लेकसाइडमा भएको कार्यक्रममा सुरेन्द्र पाण्डेको संयोजकत्वमा २२ सदस्यीय समानान्तर कमिटी घोषणा गरिएको हो । वरिष्ठ नेता नेपालले कमिटी घोषण गरेका हुन् ।
 
नेपालको प्रमुख आतिथ्यता र सुरेन्द्र पाण्डेको अध्यक्षतामा बसेको प्रदेश भेलामा प्रदेशका ९ वटै जिल्लाको समानान्तर कमिटी पनि घोषणा गरिएको छ । कास्कीमा धनराज अचार्यलाई अध्यक्ष र सचिवमा होमबहादुर नेपालीलाई जिम्मेवारी दिइएको छ ।
 
यसैगरी, स्याङ्जाको अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भुपराज अधिकारी रहेका छन् । म्याग्दीमा अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव, तनहुँमा शंकनारायण क्षेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव रहेका छन् भने गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव रहेका छन् ।
 
नवलपुर र लमजुङ अध्यक्ष र सचिवले नाम सार्वजानिक गर्न मानेनन् । उनीहरुले छुट्टै घोषण कार्यक्रम आयोजना गरेर नाम सार्वजानिक गर्ने बताएका छन् । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने कमिटी गठन गर्न बाँकी छ ।