मोटरसाइकल दुर्घटनामा परी हेटौंडामा एक किशोरको मृत्यु

चैत्र २३,२०७७

-रासस

चैत २३, २०७७ काठमाडौं ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी मोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ । 
 
हेटौंडा उपमहानगरपालिका-१० का निवासी उनको आज उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
साथै सोही दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौँडामा उपचार भइरहेको  प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
 
गएराति हेटौंडाको बुद्ध चोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नंको मोटरसाइकल र विपरीत दिशाबाट  आउँदै गरेको ना४१प ६४३६ नंको  मोटरसाइकल भुटनदेवी मोडमा एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको बताइएको छ । 
 
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम  लामा रहेको बताइएको  छ । उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।