बिजनेस नदिएर सरकारले संसद्को काम गर्न सक्दैन भन्ने सन्देश दिन खोज्दै छः सांसद शशी श्रेष्ठ

चैत्र २३,२०७७

-आस्था न्यूज

चैत २३,२०७७ काठमाडौं ।
सरकारले संसद्लाई बिजनेस नदिएर संसद्को काम छैन र यसले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरहेको सरकारको समर्थन गरिरहेको नेकपा ९माओवादी केन्द्र०की सांसद शशी श्रेष्ठले बताएकी छन् ।
 
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद श्रेष्ठले सरकारले संसद्लाई बिजनेस नदिएर अर्को चुनावमा जान खोजेको तर त्यसबाट आउने संसद्लाई पनि यसरी नै व्यवहार गर्ने हो भने मुलुक कसरी अगाडि बढ्छ भन्ने उनको प्रश्न थियो ।
 
ुबिजनेस नदिएर संसद् काम छैन, संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजिरहेको छ । यो सन्देश के को लागि दिन खोजेको हो? आज संसद्लाई बिजनेस नदिने, दिन नखोज्ने र अर्को चुनावबाट आएको संसद्लाई पनि यस्तै गर्ने हो भने मुलुक कसरी अगाडि बढ्न सक्छ? श्रेष्ठका प्रश्न थिए ।
 
सर्वोच्चले पुनःस्थापना गरेको संसद्को अधिवेशन आह्वान गर्नुमात्रै सरकारको काम पूरा नहुने श्रेष्ठको भनाइ थियो । उनले संसद् चलाउनका लागि सरकार अग्रसर हुनुपर्ने बताइन् ।
 
ुसंसद् पुनःस्थापना भइसकेपछि २३ गतेबाट बैठक चलिरहेको छ । शोक प्रस्ताव पारित गर्ने र सामान्य प्रतिवेदन प्रस्ततु गर्नेबाहेक अन्य काम हुन सकेका छैनन् । 
 
संसद् बोलाउनु मात्रै सबै कुरा होइन संसद् बोलाउनु भनेको संसद् चलाउनु पनि हो । संसद् चलाउन सरकार अग्रसर हुनुपर्ने हो, उनले भनिन्, बिजनेस छैन भन्ने हो भने राष्ट्रिय सभा र प्रतिनिधिसभामा ५५ विधेयक रहेका छन् । अध्यादेशहरू पनि छन् ।
 
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिसमेत रहेकी श्रेष्ठले नागरिकता विधेयक संसद्‍बाट अगाडि बढ्न नसकेको प्रति पनि असन्तुष्टि जनाएकी छन् । उनले गत असार ९ गते उक्त विधेयकको प्रतिवेदन संसद्‍मा प्रस्तुत गरेको स्मरण गराउँदै उक्त विधेयक अगाडि बढाउन सरकार अग्रसर नरहेको बताइन् ।