चीनको खोप आजबाट लागाईदै

काठमाडौँको १४ अस्पतालबाट खोप लागाउन शुरु

चैत्र २५,२०७७

-आस्था न्युज

२५ चैत, काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको आठ लाख डोज भेरोसेल खोप पहिलो चरणमा आजदेखि लगाउन सुरु भएको छ । काठमाडौं उपत्यकाका विभिन्न १४ वटा स्वास्थ्य संस्थाबाट उक्त खोप लगाउन सुरु गरिएको हो ।

 

काठमाडौँको  वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलमामा रहेका केन्द्रबाट खोप लगाउन सुरु गरिएको हो  ।

 

चिनियाँ अनुदानको खोप विशेषगरी  चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकलगायतलाई लगाउने तयारी गरिएको छ।