चार हजार १५२ परिक्षणमा ५३४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु

बैशाख ०२,२०७८

-

वैशाख २,२०७८ काठमाडौं ।
 
पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५२ जनाको परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो । 
 
मन्त्रालयका अनुसार ३ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० र ५६४ जनाको एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा ४४ जना गरेर कुल ५३४ जनामा संक्रमण पुष्टि भएको हो । 
 
मन्त्रालयका अनुसार २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ भने १५७ जना डिस्चार्ज भएका छन् ।