कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने एमालेका तीनै जना मन्त्री

बैशाख ०५,२०७८

-

वैशाख ५, २०७८ काठमाडौं ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको छ ।
 
शुक्रवार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले शनिवार मन्त्रीमण्डल पुनर्गठन गर्नु भएको हो  । 
 
उहाँले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त गर्नु भएको हो । 
 
यी तीनैजना एमालेका सांसद हुन् । उनीहरूले शुक्रवार ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको प्रस्तावमा मतदान गरेका थिए । 
 
एमालेले कर्णाली प्रदेशको कमिटीको शनिवारको बैठकले शुक्रवारदेखि नै लागू हुने गरी ‘फ्लोर क्रस’ गर्ने तीन जनालाई पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।