ओली हारको नतिजा केही दिनपछि गण्डकी र लुम्बिनी प्रदेशमा पनि देखिन्छः प्रचण्ड

बैशाख ०५,२०७८

-आस्था न्यूज

वैशाख ५,२०७८ काठमाडौं ।
 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डु)ले कर्णालीबाट प्रधानमन्त्री केपी ओलीको हारको सुरुवात भएको बताएका छन्।
 
आइतबार चितवनको माडी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
 
केपीजी लडाइँमा हारिसके। यसको सुरुवात कर्णालीबाट भयो। कसरी हार हुँदो रहेछ भन्ने कर्णालीबाट देखिएको छ। केही दिनपछि गण्डकी र लुम्बिनी प्रदेशमा देखिन्छ, उनले भने, हुनसक्छ त्यसअघि संघमा पनि हार देखिन सक्छ।
 
अध्यक्ष प्रचण्डले लोकतन्त्रविरुद्ध केपी ओलीले हार्ने बाटो रोजेको भन्दै यसको परिणाम पनि देखिरहेको बताए। उनले यस्तो अवस्थामा धैर्यतापूर्वक एक भएर अघि बढ्नुपर्ने बताए। सत्ते र न्यायको जीत हुने भन्दै त्यसमा नअत्तिन समेत उनले आग्रह गरे।
 
उनले संसद् पुनरस्थापना भएपनि खतरा भने नटरेको बताए।