प्रदेश १ को प्रदेशसभा अधिवेशन पनि रातारात अन्त्य

बैशाख ०५,२०७८

-आस्था न्यूज

वैशाख ५,२०७८ काठमाडौं ।
 
प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको सातौं अधिवेशन अन्त्य गरेका हुन् ।
 
प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको थियो । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भए पनि छलफल हुन सकेन ।
 
धेरै बैठकहरु सूचना टाँस गरेर स्थगित भएको थियो । फागुन २३ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रदेशसभाबाट अविश्वास प्रस्ताव फिर्ता भएको थियो ।