ओली समुहले माधव नेपालसहित २० जनालाई अन्तिम स्पष्टीकरण सोध्ने

बैशाख ०६,२०७८

-आस्था न्यूज

वैशाख ६,२०७८ काठमाडौं ।
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल सहित २० जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ ।  यसअघि कारवाही गरेका नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई एमालेले यसअघि नै कारवाही गरिसकेको छ ।
 
उनीहरुलाई पनि अझै अन्तिम स्पष्टीकरण दिन समय दिइने भएको छ । सोमवारको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल, रावल, पाण्डे र भुसालसहित २० जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्न निर्णय गरेको ओली पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए । 
 
नेपालसहित विभिन्न प्रदेशका सरकारविरुद्ध प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएका नेताहरुलाई अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारवाही गर्नेछ ।