सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले दर्शन गर्ने

बैशाख ०७,२०७८

-आस्था न्यूज

बैशाख ७,२०७८ काठमाडौं ।
कोरोना संक्रमणको जोखिमको बाबजुद वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मंगलबारबाट काठमाडौंमा सुरु हुँदै छ ।
 
रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ ।
 
रथयात्रा आज बेलुकी ६ बजे शुरु गरिन्छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिन्छ । असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।
 
रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । ३२ हात लामो रथलाई असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गरिन्छ ।