नेपालगञ्जमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बैशाख ०८,२०७८

-आस्था न्यूज

बैशाख ८,२०७८ काठमाडौं ।
 
बाँकेको नेपालगञ्जमा आज मध्यरातिदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ ।
 
जिल्ला प्रशासन कार्यालयले नेपालगञ्ज उपमहानगर क्षेत्रभरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
 
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म अत्यावश्यकबाहेक सबै प्रकारका सेवा निषेध गर्ने आदेश जारी भएको जानकारी दिए ।
 
कोरोना रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्नु परेको प्रजिअ गेलालले बताए। लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा ९बैंक तथा वित्तिय संस्था समेत० सञ्चालनमा रोक लगाइएको छ।
 
अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ।