नक्कली पीसीआर रिपोर्टको आशंकामा वैदेशिक रोजगारमा हिँडेका १२२ जना विमानस्थलबाट फिर्ता

बैशाख ०८,२०७८

-आस्था न्यूज

बैशाख ८,२०७८ काठमाडौं ।
वैदेशिक रोजगारका शिलशिलामा खाडी मुलुक हिँडेका १२२ जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काइदिएको छ ।
 
नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा उनीहरूलाई विमानस्थलबाटै फर्काइएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए ।
 
फर्काइएको यात्रु नेपाली र केही भारतीय छन् । उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।
 
बाँस्तोलाअनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र सलाम एयरका ३२ जना गरी १२२ जनालाई फर्काइएको हो। यीमध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्।