पार्टीको विवादबारे ओली र नेपालबीच आकस्मिक भेट

बैशाख ०८,२०७८

-आस्था न्यूज

बैशाख ८,२०७८ काठमाडौं ।
सरकारको नेतृत्व गरिरहेको नेकपा ९एमाले०को आन्तरिक विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 
 
ओली र नेपालबीच बुधबार साँझ भेट भएको हो । सचिव योगेश भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेपछि आकस्मिक रूपमा भेट भएको हो ।
 
दुवै नेताबीच पार्टीभित्रको जारी विवादबारे छलफल भएको जनाइएपनि थप जानकारी बाहिर आएको छैन् ।