कोरोना त्रासका कारण अर्थतन्त्र पुनः अप्ठेरोमा पर्ने खतरा

बैशाख १४,२०७८

-आस्था न्यूज

वैशाख १४,२०७८ काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले अथैतन्त्र थप प्रभावित हुने बताएका छन् । 
 
राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीे कोरोना संक्रमणको दोस्रो लहरसँगै स्वास्थ्य सङ्कट अझै गहिरिंदै जाने र अर्थतन्त्र थप प्रभावित हुने जोखिम रहेको बताएका हुन् ।
 
कोभिड-१९ का कारण मानव जातिले विश्वभर गम्भीर स्वास्थ्य सङ्कट सामना गरिरहेको भन्दै उनले मुलुकभित्र उत्पन्न हुनसक्ने मानवीय तथा आर्थिक संकटको संयमतापूर्वक उचित व्यवस्थापन सहित आर्थिक क्रियाकलापको चुस्त सञ्चालन तथा व्यवस्थापन गर्नुपर्ने बताए ।
 
महामारीको अवधिमा पनि विभिन्न नीतिगत प्रयासहरूले गर्दा अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको बताएका उनले कोभिड–१९ अझै रहेकोले जोखिम भने कायमै रहेको बताए ।
 
पछिल्लो समय देखिएको कोरोना त्रासका कारण अर्थतन्त्र पुनः अप्ठेरोमा पर्ने खतरा रहेको र अर्थतन्त्रलाई सहि लयमा अघि बढाउन राष्ट्र बैंकले भूमिका खेल्ने बताए । कोरोना विरुद्धको खोप आइसकेपछि निकै आशा पलाए पनि पुनः जोखिम बढेको उनको भनाई छ ।