भारतमा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघ्यो

बैशाख १५,२०७८

-आस्था न्यूज

वैशाख १५,२०७८ काठमाडौं ।
भारतमा लगातार सातौं दिन पनि ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख ६० हजार ९ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । 
 
जुन महामारी फैलिएयताकै धेरै हो । सोमबार भने भारतमा करिब ३ लाख २३ हजारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 
 
अघिल्लो दिनको तुलनामा सोमबार भारतमा संक्रमितको संख्या थोरै घटेको छ । यसअघि आइतबार भारतमा अहिलेसम्मकै बढी ३ लाख ५२ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।