मौंसमः आज दिनभरि पानी पर्ने सम्भावना

बैशाख १९,२०७८

-आस्था न्यूज

वैशाख १९,२०७८ काठमाडौं ।
 
देशका धेरै ठाउँमा पानी परेको छ । राति प्रदेश-१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् ।
 
भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
 
अहिले पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरिनै मौसम बद्ली हुने अनुमान छ । आज पानी रोकिँदै पर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । आज दिउँसो वाग्मती र गण्डकी प्रदेश लगायत केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।
 
रातिको मौसम पनि यस्तै रहने अनुमान छ । भोलि पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मेघगर्जन र चट्याङ्गको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।