लुम्बिनीमा विमला वलीले माओवादीलाई समर्थन गरेसँगै एमालेको बहुमत गुम्यो

बैशाख १९,२०७८

-आस्था न्यूज

वैशाख १९,२०७८ काठमाडौं ।
 
नेकपाबाट चुनाव लडेकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी खत्रीले माओवादी केन्द्रलाई साथ दिने भएकी छन् । 
 
माओवादी केन्द्रका प्रदेश सभा सदस्य एवं पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बराल माओवादीमा प्रवेश गरेको र खत्री आफूसँगै रहेको बताए ।
 
अब उहासँगै सरकार बनाउने प्रक्रिया थाल्ने उनले बताए ।
 
खत्रीले माओवादीलाई समर्थन गरेसँगै एमालेको बहुमत गुमेको छ । एमाले ४१ बाट ४० मा खुम्चिएको छ । बहुमतमा एमालेको एकल सरकार बन्ने सम्भावना टरेको छ ।
 
पति उत्तरकुमार वलीको मृत्युपछि खत्रीले दाङबाट प्रदेशसभा ३ (ख)बाट वलीले नेकपाकोतर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो थिएन । 
 
यद्यपि उनका पति वली एमालेबाट चुनाव लडेका थिए । यही कारण एमालेले आफ्ना ४१ सांसद रहेको बताएको थियो । उता कांग्रेस माओवादी गठबन्दनमा कांग्रेसका १९, माओवादी केन्द्रका १९, जसपाका २ र राजमोका एक सदस्य गरी ४१ सदस्य पुगेका छन् ।