अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई उपचारमा फर्किन निर्देशन

बैशाख २०,२०७८

-आस्था न्यूज

बैशाख २०,२०७८ काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड(१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई  काम गर्न निर्देशन दिएको हो । 
 
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले अध्ययन बिदामा रहेका र अहिले अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हो।  
 
मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययनरत सबै विद्यार्थीलाई पनि कोभिड(१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ । ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उहाँले जानकारी दिनुभयो ।