झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगलागी

बैशाख २०,२०७८

-आस्था न्यूज

वैशाख २०,२०७८ काठमाडौं ।
 
झापाको मेचीनगर नगरपालिका-१५ स्थित मिलकोटी स्थित बायोग्यास कोइला फ्याक्ट्रीमा भीषण आगलागी भएको छ ।
 
आगलागी भएको १२ घण्टा बिते पनि आगो नियन्त्रणमा आउन सकेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान ३ बजे बिद्युत सर्ट भइ लागेको आगलागीका कारण १५ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 
आगो नियन्त्रणमा ७ वटा दमकलसहित सेना,प्रहरी,स्थानीयवासी परिचालित भएका छन् ।