च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको हिलोपटक विजयी यात्रा तय

बैशाख २२,२०७८

-आस्था न्यूज

वैशाख २२, २०७८ काठमाडौं ।
युरोपेली च्याम्पियन्स लिग फुटबलमा पहिलोपटक म्यानचेस्टर सिटीले फाइनल यात्रा गरेको छ । पेप गार्डी ओलाको प्रशिक्षणमा रहेको सिटीले पेरिस सेन्ट जर्माइनलाई समग्रमा ४-१ ले हरायो ।
 
पहिलो लिगमा अघिल्लो साता २ -१ ले विजयी भएको सिटीले मंगलबार दोस्रो लेग २ - ० ले जित्यो । सिटीबाट रियाद महरेजले दुबै गोल गरे ।
 
निकै दबाबमा रहेको पिएसजी दोस्रो हाफमा एन्जल डि मारियाले ६९ मिनेटमा रातो कार्ड खाएपछि कमजोर देखिएको थियो ।