लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु

बैशाख २८,२०७८

-आस्था न्यूज

२८ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुलाई अस्पतालको इमर्जेन्सीमा राखेर उपचार गराईएको थियो l

 

यसरी २४ घण्टामा मृत्यु हुनेमा ७ जना रुपन्देहीमा, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक-एक जना छन् । १२ जना मध्ये ११ जना पुरुष र एकजना महिला रहेकी छन् ।

 

मृतकहरु मध्ये ५ जनाको गएराति ,४ जनाको सोमबबार दिउसो , २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए अनुसार ‘अस्पतालमा शब व्यवस्थापन समयमै हुन नसक्दा कतिपय संक्रमितको मृत्युको जानकारी ढिला मात्रै हुन्छ’ , –‘संक्रमित र मृत्यु दर बढेको तर अस्पतालमा सूचना प्रविधि क्षेत्रका जनशक्ति अभावले संक्रमितको भर्ना भएदेखि निधनसम्मको डाटा इन्ट्री गर्नै नसकिने अवस्था भयो ।’

 

त्यस्तै धनगढीमा रहेको एकमात्र अक्सिजन उधोगको प्लान्ट बिग्रिएको कारण अक्सिजनको हाहाकार भएको छ l जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रदेशमै रहेको एक मात्र ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको बताएका छन्  ।