काठमाडौं उपत्यकामा निषेधाज्ञा पुन १५ दिन थप- जेठ १३ सम्म लम्बियो

थपिएको निषेधाज्ञा विगतको भन्दा अझ कडा हुने

बैशाख २८,२०७८

-आस्था न्यूज

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा पुन १५ दिन थप गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई लम्बाई जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

 

जारी निषेधाज्ञाले  नयाँ भेरियन्टको कोरोना संक्रमणको शृङ्खला तोड्न(चेनब्रेक) नभ्याएपछि निषेधाज्ञा थप गरिएको  भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

 

भट्टराईले  थपिएको निषेधाज्ञा विगतको भन्दा अझ कडा हुने र  तीन जिल्लाका प्रजिअहरुको संयुक्त बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम गर्न नपाइने र घरमा घरमा बिहे गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बताए।

 

त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय गरेको छ l निषेधाज्ञामा गर्न पाइने र नपाइने कामहरु पूर्ववत नै रहेको छ ।