पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

बैशाख २८,२०७८

-आस्था न्यूज

२८ वैशाख, काठमाडौं । काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । उनी कोरोना संक्रमणमुक्त भएका हुन् । अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा शाहको रिपोर्ट नेगेटिभ आएको बताईएको छ l

 

अस्पतालका अनुसार २ दिनअघि पुनः स्वाब परीक्षण गरिदा त्यसको रिपोर्ट नेगेटिभ आएको हो l मंगलबार जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

 

 स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य छ । यस्तै पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

 

त्यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पतालले उल्लेख गरेको छ । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका शाहको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार गरेको थियो ।