अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठ सम्मका लागि लम्बियो

बैशाख २८,२०७८

-आस्था न्यूज

२८ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध १७ जेठ (३१ मे २०२१) सम्मका लागि लम्बाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीलाई यस सम्बन्धमा जानकारी गराएको छ ।

 

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न यसअघि सरकारले वैशाख मसान्तसम्म सेड्युल उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ सम्म पुर्‍याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् । तथापि भारतसँग सातामा दुई उडान भने निरन्तर रहनेछ ।

 

यस संगै अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने र नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत प्रत्यक्ष प्रभावित हुनेछन् ।