काठमाडौंको ट्रमा सेन्टरमा पनि अक्सिजनको चरम अभाव-मुलुकको स्वास्थ अवस्थाको उजागर

बैशाख ३०,२०७८

-आस्था न्यूज

३० वैशाक २०७८  काठमाडौँ l राजधानीका अन्य अस्पतालमा जस्तै काठमाडौंको ट्रमा सेन्टरमा पनि अक्सिजनको चरम अभाव देखिएको छ l  कोरोना संक्रमणको महामारीको बेला अन्य अस्पतालहरु जस्तै  ट्रमा सेन्टरमा पनि अक्सिजनको चरम अभाव रहेको त्यहाँको कर्मचारीले बताएका छन् ।

 

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले आफ्नो फेसबुक स्टाटस मा भनेका छन्  ‘रातभर थामियो अब गाह्रो भो’ l उनले सम्बन्धित पक्षलाई  अक्सिजन सहयोगको गरिदिन याचना गरेका छन् ।

 

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचाररत छन् । तर आज रात भरी अस्पतालका निर्देशक डा.सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसारर्दा पनि बिहान ७ बजे सम्मको लागि मात्र अक्सीजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सीजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ ।’

 

उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीलाई अक्सीजनको व्यवस्था गर्न र जनताको ज्यान बचाउन आह्वान पनि गरेका छन् ।

 

त्यस्तै ट्रमा सेन्टरका अर्का कर्मचारी भुवन केसीले पनि अक्सिजन अभावका कारण भगवान भरोसामा चल्नुपर्ने स्थिति आएको बताएका छन् ।

 

सरकारले देशभरका कोभिड अस्पताललाई हेर्ने गरी ट्रमा सेन्टर र बीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको छ । यद्यपि सोही अस्पतालमा अक्सिजनको अभाव देखिनुले समग्र  नेपालको स्वास्थ्य क्षेत्र कति संकटमा रहेको छ भनेर दर्साउछ  । समयमा नै उचित कदम चाल्न नसके यसले दुर्घटना निम्त्याउने छ l