काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट निधन

बैशाख ३०,२०७८

-

३० वैशाक २०७८  काठमाडौँ l काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट निधन भएको छ। भेन्टिलेटरमा उपचारका क्रममा निधन भएको अस्पतालका सरुवा रोग अस्पतालका डा. अनुप बाँस्तोलाले जानकारी दिएका छन् ।

 

कोरोना संक्रमणबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् गराई रहेका  श्रेष्ठको बुधबार राति मृत्यु भएको हो। उनी पन्ध्र दिनदेखि अस्पताल भर्ना भएका थिए ।