अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान जाने

बैशाख ३०,२०७८

-आस्था न्यूज

३० वैशाख, काठमाडौं । राजधानी लगायत देशभर नै कोरोना सक्रमित्को उपचारको लागि अक्सिजनको चरम अभाव झेलिरहेको बेला गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप  करिव ६०० थान अक्सिजन सिलिन्डर संकलन गरिएको छ l संकलित अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान जाने भएको छ ।

 

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेलले विमान शनिबार ओमानको राजधानी मस्कटको जान लागेको  जानकारी दिएक छन्  ।

 

नेपाल एयरलाइन्सको बिमान ओमनबाट फर्केर सोहीदिन साँझ चीनको बेईजिङमा संकलिक करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन जाने तयारी नेपाल एयरलाइन्सले गरेको  छ।

 

हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ । त्यस्तै अन्यत्र उपलब्ध हुन सक्ने सामानहरु ल्याउन समेत निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको नेपाल एयरलाइन्सले जनाएको छ  ।