राष्ट्र बैंकले अक्सिजन सिलिण्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हटायो

बैशाख ३०,२०७८

-आस्था न्यूज

वैशाख ३०,२०७८ काठमाडौं ।
अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामाग्री आयातका लागि डलर सटही सुविधाको सीमा नलाग्ने भएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाइदिएको हो ।
 
अहिले प्रतितपत्र बिना ड्राफ्टरटीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।
 
अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामाग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लेखित व्यवस्था अनिवार्य नहुने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए ।
 
यसले अक्सिजन लगायतका जीवन उपयोगी सामाग्री चाडो भन्दा चाडो आयात गर्न सहज हुने उनले बताए ।