आन्तरिक उडान अनिश्चितकालका लागि बन्द

बैशाख ३०,२०७८

-आस्था न्यूज

वैशाख ३०,२०७८ काठमाडौं ।
कोरोना महामारीका कारण दर्शाउँदै नागरिक उड्डयन प्राधिकरणले व्यावसायिक आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
 
प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलले बिहीबार कोरोना महामारीका कारण दर्शाउँदै अर्को सूचना नआउन्जेलसम्मका लागि आन्तरिक उडान बन्द गरिएको बताएका छन् ।
 
नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमणको चेन ब्रेक गर्न (सीसीएमसी) निर्देशक समितिको सिफारिसमा यसअघि वैशाख २० देखि वैशाख ३१ गते मध्यरातिसम्म (१२ दिन) का लागि सरकारले आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो ।
 
तर प्राधिकरणले आन्तरिक रुटमा भने आपत्कालीन उद्धार, कार्गो तथा हेलिकप्टर चार्टरलाई भने परिस्थितिअनुसार अनुमति दिइने जनाएको छ ।