फेरी ओली नै प्रधानमन्त्री नियुक्त, बहुमतीय सरकारका लागि अन्य दलको दाबी परेन

बैशाख ३०,२०७८

-आस्था न्यूज

वैशाख ३०,२०७८ काठमाडौं ।
राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि कसैको दाबी नपरेको जानकारी गराएको छ । बिहीबार राति ९ बजेसम्म दाबी नपरेको भन्दै राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२)  बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई प्रधानमन्त्री पदका लागि दाबी गर्न आह्वान गरेकी थिइन् । 
 
उक्त समयमा दाबी नपरेको विज्ञप्तिमार्फत् राष्ट्रपति कार्यालयले गराएको हो । 
 
दाबी नपरेसँगै प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । 
 
काँग्रेस– माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।