भारतमा ३८ पत्नीका श्रीमान जिओना चानाको निधन

जेठ ३१,२०७८

GETTY IMAGES

-आस्था न्यूज

जेठ ३१,२०७८ काठमाडौं ।
भारतमा ३८ जना पत्नीका श्रीमान जिओना चानाको निधन भएको छ ।
जिओनाको ३८ पत्नी र २ सय जति सन्तान रहेको बताइएको छ । जिओनाको ७६ वर्षको उमेरमा आइतबार निधन भएको हो । मधुमेहका विरामी उनको सोही रोगका कारण निधन भएको जनाइएको छ ।
 
भारतको मिजोरामको अइजालस्थित अस्पतालमा जिओनाको निधन भएको हो । उनको चुआन थार तिआननुम गाउँमा बसोबास थियो । जहाँ उनका ३९ पत्नीसहित सन्तान एउटै घरमा अझै बस्दैछन् ।
 
उनले पहिलो पत्नीसँग १५ वर्षको उमेरमा सन् १९५९ मा विवाह गरेका थिए । २४ वर्षको उमेरमा दोस्रो विवाह गरे । पछिल्लो विवाह उनले २५ वर्षीया युवतीसँग सन् २००४ मा विवाह गरेका थिए ।
 
कतिपय छोरीहरु विवाह गरेर गैसकेका उनको चार तल्ले विशाल घरमा अझैपनि १६२ जना बस्दै आएका छन् । उनको परिवारलाई हेर्नकै लागि गाउँमा पर्यटक आउने गरेको बीबीसीले जनाएको छ । 
चानाको घर