शुक्रबार ४ हजार २० जना संक्रमणमुक्त,१ हजार ९६३ संक्रमित थपिए

आषाढ ०४,२०७८

-आस्था न्यूज

असार ४,२०७८ काठमाडौं ।
शुक्रबार देशभर १ हजार ९६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ७ हजार ५६९ पीसीआर परीक्षणमा १ हजार ९६३ जनामा कोरोना पुष्टि भएको हो ।
 
यसैगरी, ५ हजार ४६८ एन्टिजेन परीक्षणमा ८०५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ ।
 
यस्तै, २४ घण्टामा ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९ हजार ६२४ पुगेको छ ।
 
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।