देशका धेरै ठाउँको मौसम सफा

आषाढ ०८,२०७८

-आस्था न्यूज

असार ८, २०७८ काठमाडौं ।
आज देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ ।
 
वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एकरदुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।
 
पानी पर्ने क्षेत्रका पहाडी भू(भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन उहाँको आग्रह छ । त्यस्तै आज राति पनि देशभरको मौसम सामान्य बद्लीकै अवस्था रहने अनुमान छ ।