क्रिकेट प्रतियोगिता खेल्न सन्दीप लामिछाने बेलायत प्रस्थान

आषाढ २५,२०७८

-आस्था न्यूज

असार २५,२०७८ काठमाडौं ।
द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति  बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्।
 
उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।
 
 यो प्रतियोगिता आउँदो २२ तारिखदेखि हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।