ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

आषाढ २७,२०७८

-आस्था न्यूज

असार २७,२०७८ काठमाडौं ।
ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जितेको छ ।
 
रियो दि जेनेरियो स्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा उपाधि जितेको हो ।
 
अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए ।