सन् २०३० को विश्वकप फुटबलमा इटाली र साउदी अरेबियाको दाबी

श्रावण ०२,२०७८

-आस्था न्यूज

साउन २,२०७८ काठमाडौं ।
सन् २०३० को विश्वकप फुटबल आयोजनामा इटाली र साउदी अरेबियाले संयुक्त दाबी गरेका छन्  ।
 
संयुक्त रुपमा विश्वकप आयोजनाका लागि इटाली र साउदीले  छलफल अघि बढाएको द एथ्लेटिकले जनाएको छ ।
 
सन् २०३० को विश्वकप आयोजकको घोषणा फिफाले सन् २०२४ मा मात्रै गर्ने जनाएको छ ।
 
यसअघि स्पेन र पोर्चुगलले पनि २०३० को विश्वकप आयोजनाका लागि संयुक्त रुपमा दाबी पेश गरिसकेका छन् ।
 
आउदो सन् २०२२ को विश्वकप कतार र २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा हुने तय भइसकेको छ ।