बुधबार एक हजार ४७५ जना संक्रमणमुक्त, २,८३८ संक्रमित थपिए

श्रावण ०६,२०७८

-आस्था न्यूज

साउन ६,२०७८ काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप २,८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।
 
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,४७५ रहेको छ र ३० जनाको मृत्यु भएको छ ।
 
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७२ हजार ८७१ पुगेको छ । तीमध्ये ९ हजार ६३७ जनाको मृत्यु भएको छ भने ६ लाख ३६ हजार ४०२ जना संक्रमणमुक्त भएका छन् ।
 
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ जना रहेका छन् । जसमध्ये २४ हजार ३४० जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६२७ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।