श्रीलङ्कासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारत विजयी

श्रावण ११,२०७८

-आस्था न्यूज

साउन ११,२०७८ काठमाडौं ।
घरेलु टिम श्रीलङ्कासँगको पहिलो टी-ट्वान्टी क्रिकेटमा भारत विजयी भएको छ । कोलम्बोमा गएराति भएको खेलमा भारत ३८ रनले विजयी भएको हो ।
 
भारतले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभर ३ बलमा अलआउट हुँदै १ सय २६ रन मात्र बनाउन सक्यो। श्रीलङ्काका चारिथ असलङ्काले ४४ रन, अभिष्का फर्नान्डोले २६ धनुष शनकाले १६ तथा मिनोद भानुकाले १० रन जोडे ।
 
घरेलु टोलीलाई सस्तैमा समेट्न भारतका भुवनेश्वर कुमारले ४ विकेट लिए भने दिपक चहरले दुई विकेट लिए । यस्तै, हार्दिक पाण्डेय, युभेन्द्र चहल, वरुण चक्रवर्ती र क्रुनल पाण्डेयले एक रएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । 
 
भारतका सूर्यकुमार यादवले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, कप्तान शिखर धवनले ४६, सन्जु सामसनले २७, इशान किसनले २० र हार्दिक पाण्डेयले १० रन बनाए । 
 
श्रीलङ्काका दुश्मन्था चामिरा र वानिन्दु हसरंगाले दुईरदुई विकेट लिए । यस्तै, चमिका करुनारत्नेले एक विकेट लिए । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १-० को अग्रता बनाएको छ। यसअघि भएको तीन खेलको एक दिवसीय भारतले जितेको थियो ।