जापान आठ वटा स्वर्णपदकसहित टोकियो ओलम्पिकको शीर्ष स्थानमा, चीन तेस्रोमा

श्रावण १२,२०७८

-आस्था न्यूज

साउन १२, २०७८ काठमाडौं ।
जापानको टोकियोमा चलिरहेको ३२ औँ ग्रीष्मकालीन ओलम्पिकमा जापान आठ वटा स्वर्णपदकसहित शीर्ष स्थानमा उक्लिएको छ । जापानले आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित १३ पदक जितेको छ ।
 
दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्यसहित १४ पदक जितेको छ । चीन ६ स्वर्णसहित तेस्रो स्थानमा छ । चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्यसहित १८ पदक जितेको छ । 
 
यस्तै रुस ओलम्पिक काउन्सिलले चार स्वर्ण जितेको छ भने बेलायत र दक्षिण कोरियाले तीनरतीन स्वर्ण पदक जितेका छन् । अस्ट्रेलिया र कोसोभोले दुईरदुई वटा पदक जितेका छन् । 
 
यस्तै अहिलेसम्म एक स्वर्ण पदक जित्नेमा इटली, हङकङ, क्रोएशिया, फिलिपिन्स, क्यानडा, फ्रान्स, हङ्गेरी, ट्युनिशिया, अस्ट्रिया, स्लोभानिया, इक्वेडर, इरान, नर्वे, थाइल्याण्ड र उज्वेकिस्तान रहेका छन् ।