देउवाले नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउन सक्नुपर्छः थापा

श्रावण १५,२०७८

-आस्था न्यूज

साउन १५,२०७८ काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन् । कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ भन्ने कुराको महसुस गराउन सक्नुपर्ने उनको भनाइ छ ।
 
बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिका रामेछापले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता थापाले कुनै पनि ‘एक्सक्यूज’ यो सरकारले नपाउने स्पष्ट पारे । कांग्रेस नेतृत्वको सरकार एक ठाउँमा पनि चुक्न नपाउने नेता थापाको भनाई थियो।
 
केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ? भन्ने कुराको महसुस गराउने हो ।’
 
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले गएको साढे तीन वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको आरोप समेत लगाए । ‘संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नुपर्छ,’ उनले भने ।
 
वर्तमान सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने नेता थापाको भनाई थियो ।