कर्णाली नदीमा डुंगा पल्टियोःएक जनाको मृत्यु, तीन बेपत्ता

श्रावण १७,२०७८

-आस्था न्यूज

साउन १७,२०७८ काठमाडौं ।
 
कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा पल्टिएको हो ।
 
डुंगा पल्टिँदा २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो । यस्तै, २० वर्षीया पार्वती थापा, २२ वर्षीया उर्मिला सलामी र १० दिने बच्चा बेपत्ता रहेका प्रहरीले जनाएको छ ।
 
डुंगामा १० जना सवार रहेकामा दुई बालबालिका घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।
 
डुंगामा सवार अरु भने पौडिएर जोगिएका छन् ।