कोरोनाका संक्रमित बढेपछि टेकु अस्पताल बेड थप्दै

श्रावण १७,२०७८

-आस्था न्यूज

साउन १७,२०७८ काठमाडौं ।
कोरोनाका बिरामी बढेपछि टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा बेड थपिएको छ । पछिल्लो केही दिनयता फेरि कोरोना संक्रमितहरु बढेर बेड अभाव हुँदा बिरामी मर्कामा परेका थिए । 
 
आइतबार कोरोनाका बिरामीलाई लक्षित गर्दै थप दस बेड थपेको अस्पताल प्रशासनले जनाएको छ । कोरोनाका बिरामी बढेसँगै अस्पतालको प्रांगणको खुला स्थानमै बिरामीको उपचार हुँदै आएको थियो । 
 
अक्सिजन चाहिने बिरामी पनि बेड अभावमा अस्पताल परिसरमा छरिएर बस्न बाध्य थिए । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा शनिबार २ हजार २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने हालसम्म कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ ।